९ असार २०८३, मंगलबार

महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका देउवा र शेखर पक्षबीच झडप

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १५ फागुन । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली काँग्रेस निकट दुई समूहबीच झडप भएको छ ।

क्याम्पसमा देउवा समूह र शेखर कोइराला समूहका विद्यार्थीबीच झडप भएको हो । दुवै पक्ष हतियारसहित कुटाकुट उत्रिएको थियो ।

कुटपिटबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल तथा सदस्य आयुष दाहाल हुन् । उनीहरूको नोबेल अस्पतालमा उपचार भइरहेको छ।

स्ववियु निर्वाचनको विषयमा दुई पक्षबीच झडप भएको हो । झडपका क्रममा विवाद मिलाउन आएका प्रहरीलाई पनि हतियारसहित लखेटिएको बताइएको छ ।