१ श्रावण २०८३, शुक्रबार

सुकेधारामा तेस्रोलिंगीको शव फेला

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । काठमाडौंको सुकेधारामा एकजना तेस्रोलिंगीको शव फेला परेको छ ।

धनवन्तरी फुटसल परिसरमा ओखलढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राईको शव फेला परेको हो । उनको मृत्यु शंकास्पद देखिएको प्रहरीले जानकारी दिएको छ । उनको टाउकोमा चोट देखिएको हो ।

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।