२८ असार २०८३, आइतबार

प्रचण्डको स्वार्थपरक नीति तथा द्वैध चरित्रले माओवादीले जनादेश गुमायो : शंकर पोखरेल

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाललाई राजनीतिक अस्थिरताको दुष्चक्रबाट निकाल्न बलिया राजनीतिक शक्ति आवश्यक रहेको बताएका छन् ।

मुलुकलाई यसबाट बाहिर निकाल्ने हो राजनीतिक ध्रुवीकरणको बाटोमा जान आवश्यक रहेको उनले बताएका हुन्।

‘त्यसका लागि अब आउने चुनावमा सबै राजनीतिक दलले गठबन्धन विना आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नु पर्दछ, यस्तो भएमा कथित म्याजिक नम्बरको नाममा साना दलले ठुला दलहरूमाथि शासन गर्ने स्थित अन्त्य हुनेछ’, सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन् ।

एमाले र नेपाली कांग्रेसको सहयोगमा सत्ता समीकरणको कथित म्याजिक नम्बर पाउन सफल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ती दलहरूको सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा ती दल ठुला भएको हास्यास्पद प्रतिक्रिया दिएको पोखरेलले उल्लेख गरे ।

सरकारको नेतृत्वमा रहँदा पुष्पकमल दाहाल प्रचण्डले अवलम्बन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको उनले टिप्पणी गरे । ‘यो क्रम निरन्तर जारी छ, त्यसको हेक्का भएर नै प्रचण्डमा यति वेला तीव्र निराशा र छटपटाहट देखिन थालेको छ’, पोखरेलले लेखेका छन् ।