
काठमाडौं, ५ पुस । नेकपा (एमाले) सम्बद्द किराँत राई, लिम्बु, सुनुवार, यक्खा लगायतका आदिवासी जनजातीहरुले किराँत समुदायले आदिम कालदेखी मनाउदै आएको उधौली पर्वको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
पार्टी स्थायी कमिटी सदस्य तथा केन्द्रीय जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेशका सस्थापक मुख्यमन्त्री शेरधन राई, पूर्वमन्त्री थममाया थापा मगर लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
आफ्नो समुदायको भाषा, सँस्कृति, प्रथा परम्पराको संरक्षण गर्न र युवा पुस्तालाई यो अभियानमा प्रेरित गर्न यस्ता कार्यक्रम आयोजना गरिएको हो ।










प्रतिक्रिया