६ असार २०८३, शनिबार

नेप्से परिसूचकमा गिरावट, ५.६० अंकले घट्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेप्से परिसूचक आज ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ ।

आज कुल चार अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो । बुधबार ८१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यीकम्पनीहरूको सेयर मूल्यप्रतिकित्तातीनहजार रुपैयाँ भन्दामाथि पुगेको हो ।

कुथेली बुखरी स्मल हाइड्रोपारको सेयर मूल्य ९.९० प्रतिशतले घटेर दुई हजार ६७६ रुपैयाँकायमभएको नेप्सेले जनाएको छ ।