२४ असार २०८३, बुधबार

आफू पक्राउ पर्नु अगावै दुर्गा प्रसाईंले दिएका थिए पक्राउको जानकारी

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै घरबाट मंगलबार बिहान पक्राउ परेका छन् । केही घन्टाअघि उनले आफू पक्राउ पर्न लागेको जानकारी सामाजिक संजालमा दिएका थिए ।

सीआईबीले उनलाई पक्राउ गरेको हो । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार फैलाउने आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईंले केही घन्टाअघि मात्र ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’भन्दै फेसबुकमा पोष्ट गरेका थिए । ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको उनीमाथि आरोप छ ।

उनले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक अफवाहजन्य भिडियो रिपोर्ट सार्वजनिक गर्दै कम्बोडियाको स्मार्ट एजियाटा कम्पनीमा प्रधानमन्त्री केपी ओलीले २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली रूपैयाँभन्दा बढी) लगानी गरेको बताएका थिए ।
पक्राउपर्नुअघि प्रसाईंले ‘मलाई पक्राउको तयारी, चनाखो रहनआग्रह’ भन्दै लामो स्टाटस लेखेका छन् ।

स्टाटसमा भनिएको छ, ‘हिजो मैले कम्बोडीयामा केपी ओलीको लगानी रहेको बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे संगै मलाई यो राज्य सत्ताले फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको छ । मलाई साईवर क्राईम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्धामा पक्राउ गरेपनि सचेत र चनाखो रहन आग्रह गर्दछु । देशभक्त सम्पूर्ण नागरिकहरु, राष्ट्रवादी राजनीतिक दल कांग्रेस, रास्वपा, राप्रपा, एकिकृत समाजवादीभित्रका असल नेता कार्यकर्ताहरु हामी चुप लागेर बस्दा सम्म यी र यस्ता सामन्त शासकले हामीलाई जेल कोच्ने र देश लुट्ने काम गरिरहनेछन् । राजधानी केन्द्रित रही आन्दोलनको आँधिवेहरीका लागी तयार रहनु हुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु ।’