
दाङ, ३ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नु पर्ने बताएका छन् ।
एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २, दाङले सोमबार घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले देशमा आर्थिक र सामाजिक परिवर्तनको लागि सबै एक ठाउँमा उभिनु पर्ने बताएका हुन् ।
मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएको बताउँदै उहाँले कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता यसबाट जोगिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील, गतिशील, इमानदार र मेहनती हुनुपर्नेमा उनले जोड दिए ।








प्रतिक्रिया