१८ कार्तिक २०८३, बुधबार

रास्वपाले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी नदिने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी नदिने भएको छ ।

यही मंसिर १६ गते हुने उपनिर्वाचनमा रास्वपाले उम्मेदवारी नदिने भएको हो ।

कीर्तिपुरमा नेपाली कांग्रेसका तर्फबाट कृष्णमान डंगोल, नेकपा (माओवादी केन्द्र) का तर्फबाट शिवशरण महर्जन, नेकपा (एमाले) का तर्फबाट सुरेन्द्र महर्जन, राप्रपाका तर्फबाट ध्रुव महर्जन र नेसपाका तर्फबाट दिलकुमार महर्जनले उम्मेदवारी दिएका छन् ।