२५ असार २०८३, बिहिबार

मुख्यमन्त्री कार्कीद्वारा पार्क निर्माणस्थलको निरीक्षण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट तथा विकास निर्माणको अनुगमन गरेका छन् ।

मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिका-३ सानो केर्खामा निर्माण हुन लागेको चिल्ड्रेन पार्क निर्माणस्थलको निरीक्षण गरेका हुन् ।

चिल्ड्रेन पार्क १२ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको हो । पार्क निर्माण स्थालको निरीक्षणपछि मुख्यमन्त्री कार्कीले शहरी विकास कार्यलय ईलामका प्रमुख मिलन आचार्यलाई स्थानीयबासीको सहकार्यमा काम गर्न निर्देशनसमेत दिए ।

पार्कसम्म जानका लागि गत वर्ष पर्यटन मन्त्रालय विराटनगरको २५ लाख रुपैयाँको लागतमा ५८ मिटर लम्बाई र साढे ३ मिटर चौडाईको सडकमा ब्लक लगाउने काम सम्पन्न भएको स्थानीय टिकाराम भण्डारीले बताए ।

पार्कमा स्वमिङ पुल, बच्चालाई खेल्ने विभिन्न प्रकारमा सामान, चमेना गृह, खुल्ला जिम खाना रहनेगरी प्रस्ताव पेस गरिएको वडा अध्यक्ष अग्निप्रसाद कोइरालाले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत रहेका विभिन्न योजनाको अनुगमन निरीक्षणका साथै कार्यकर्तासँग भेटघाटसमेत गरेका थिए ।