४ असार २०८३, बिहिबार

दार्चुलामा जिप दुर्घटना : ७ जनाको मृत्यु, ६ जनाको अवस्था गम्भीर (अपडेट)

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, ३० कात्तिक । दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एक जनाको परिचय खुलेको छैन ।

दुर्घटनामा घाइते भएकाहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जिप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका-५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको थियो ।