२३ कार्तिक २०८३, सोमबार

प्युठानका तीन पालिकामा आँखा उपचार केन्द्र

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, २९ कात्तिक । प्युठानको तीन वटा स्थानीय तहमा आँखा उपचार केन्द्र सञ्चालन गरिएको छ । जिल्लाका ९ पालिकामध्ये स्वर्गद्वारी नगरपालिका तथा गौमुखी र सरुमारानी गाउँपालिकाले आँखासम्बन्धी उपचार सेवा प्रदान गरिरहेका हुन् ।

बुधबार सरुमारानी-२, दर्भानमा पालिका उपाध्यक्ष बसन्ता खड्काले आँखा उपचार केन्द्रको उद्घाटन गरिन् । यस अवसरमा उपाध्यक्ष खड्काले अब गाउँमै आँखासम्बन्धी रोगको उपचार सुरु भएकाले सुविधा उपभोग गर्न पालिकावासीलाई आग्रह गरिन् ।

योसँगै अब पालिकाका ६ वटै वडा, माण्डवी र ऐरावती गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रका आँखाको समस्या भएका बिरामीले उपचार सेवा लिन सक्ने छन् । यसअघि सामान्य आँखाको उपचार गर्न पनि महँगो रकम खर्चेर दाङको भालुबाङ वा विजुवार पुग्नुपर्ने बाध्यता थियो भने वर्षको एक पटक हुने आँखा शिविरको प्रतीक्षा गर्नुपर्ने अवस्था थियो ।

तिलगंगा आँखा प्रतिष्ठानको साझेदारीमा स्थापना भएको केन्द्रमा अहिले १ जना नेत्र सहायक र १ जना कार्यलय सहयोगीले सेवा प्रदान गर्ने र आवश्यकता अनुसार जनशक्ति थप गर्दै लैजाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देविराम पाठकले बताए । उनका अनुसार पालिकाले आँखा उपचार केन्द्र सञ्चालन कार्यविधिसमेत बनाएको छ ।

केन्द्रमा आँखा रोग विशेषज्ञको व्यवस्थापन पालिकाले गरेको छ । औजार उपकरण र अन्य प्राविधिक सहयोग तिलगंगा आँखा प्रतिस्ठानले गरेको छ । केन्द्रमा आँखाको दैनिक जाँच, चश्माको जाँच तथा बिक्री वितरण हुनेछ ।