१९ असार २०८३, शुक्रबार

एमाले इलाम जिल्ला अधिवेशन आजदेखि

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले) इलामको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ ।

इलाम नगरपालिकाको गौतम बुद्ध सभाहलमा दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशनले जिल्ला कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव गरी पाँच पदाधिकारीसहित १०५ सदस्सीय जिल्ला कमिटी निर्वाचित गर्ने एमाले इलामले जनाएको छ ।

अधिवेशनका लागि इलामका सबै १० वटै स्थानीय तह, इलाका कमिटी र जनवर्गीय संगठनबाट ५ सय ८३ जना प्रतिनिधि छनोट भएका छन् ।

जिल्लाको नयाँ नेतृत्वका लागि गणेश बराल, नरेन्द्रनाथ भट्टराई र डा. देवी क्षेत्री दुलाललगायतका नेताहरु आंकाक्षी छन् ।