
काठमाडौं, २८ कात्तिक । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार, प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११:३० बजे बस्नेछ । बैठकमा सहकारी ऐेनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल हुनेछ ।








प्रतिक्रिया