२५ जेष्ठ २०८३, सोमबार

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको टोली आज चीन जाँदै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणअघि चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को निमन्त्रणामा वरिष्ठ उपाध्यक्ष पोखरेल, सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीसहितका नेताहरू चीन भ्रमणमा जान लागेका हुन् ।

यसैगरी, एमाले टोलीमा केन्द्रीय सदस्य सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीलगायतका नेताहरु छन् ।

टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।