२३ कार्तिक २०८३, सोमबार

मधेस प्रदेशका यी ७ स्थानमा हुँदैछ उपनिर्वाचन

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २६ कात्तिक । मधेस प्रदेशका सात स्थानमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, रौतहटको राजपुर नगरपालिका–६ र बाराको गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो ।