९ असार २०८३, मंगलबार

बागलुङमा पिकअप भ्यान दुर्घटना, चालकसहित ५ जनाको मृत्यु

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २६ कात्तिक । बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअप भ्यान’ जैमिनी-७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।

ग२च ९२४७ पिकपअ भ्यान सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए ।

घटनामा मृतकको पहिचान खुलिसकेको छैन ।

पिकअप भ्यानमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।