
धरान, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान सुनसरीको धरान आउँदैछन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोहमा सहभागि हुन प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री ओली आज यहाँ आउन लागेका हुन् ।
प्रधानमन्त्री ओली बिहान १० बजे विराटनगर हुँदै धरान आउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली दिउँसो चार बजे विराटनगर फर्कने र विराटनगरमा नेकपा (एमाले)का कोशी प्रदेशका पदाधिकारीहरूसँग पार्टी र सरकारका विषयमा केही बेर छलफल गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ ।
प्रधानमन्त्री ओली आजै साँझ पाँच बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।









प्रतिक्रिया