२४ असार २०८३, बुधबार

मुख्यमन्त्री आचार्यको चीन भ्रमणलाई संघीय सरकारको अनुमति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २६ कात्तिक । संघीय सरकारले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको चीन भ्रमणमालाई अनुमति प्रदान गरेको छ ।

आइतबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले लुम्बिनीका मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्दै अनुमति प्रदान गरेको हो । यसअघि कात्तिक २० गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरुले विदेश यात्रा गर्दा संघीय सरकारको अनुमति लिनुपर्ने प्रावधान रहेको छ । सोही आधारमा प्रदेश सरकारका मुख्यमन्त्रीको चीन भ्रमणलाई संघीय सरकारले अनुमति प्रदान गरेको हो ।

सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधिमण्डल आज चीन जान लागेको हो । बेलुका ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत चीनका लागि प्रस्थान गर्ने तयारी रहेको भ्रमणदलमा सहभागि मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिएका छन् ।

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कात्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत भ्रमणमा जान लागेका छन् । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।