२३ कार्तिक २०८३, सोमबार

हेटौंडा-१२ उपनिर्वाचन : राप्रपाले टुंग्यायो वडाध्यक्षका उम्मेदवार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर , २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षका लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षका लागि १६ मंसिरमा उपचुनाव हुनेछ । आइतबार नगर र जिल्ला कार्यसमितिको बैठकले प्रेम लामा भ्लोनलाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ स्थानीय निवासी रहेका भ्लोन विभिन्न समाजसेवी कार्यहरूमा पनि सहभागिता जनाउँदै आइरहेको राप्रपा नगर अध्यक्ष अरुण लामाले जानकारी दिए ।