
काठमाडौं, १३ असोज । ‘द डार्क फाइल’ प्रकरणमा अदालतको मानहानी ठहर गर्दै सर्वोच्च अदालतले दोषी ठहर गरेका सिधा कुरा डट कमका सञ्चालक र सम्पादक कारागार चलान हुनुभएको छ ।
आज सर्वोच्च अदालतको फैसला आएसँगै सञ्चालक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना केन्द्रीय कारागार चलान हुनु भएको हो । आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले उनीहरुलाई ३र३ महिनाको कैद सजाय र पाँच हजार जरिवाना सुनाएको हो ।
क्षमायाचना सहित भूलसुधार गरेमा तोकिएको ५ हजार रुपैयाँ जरिवाना मिनाहा गर्ने आदेश दिएको छ । सीधा कुरा डटकमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश र केही आमसञ्चार माध्यम सञ्चालकले लेनदेन गरेको दाबी गर्दै एक समाचार र भिडियो सामग्री प्रकाशन गरेको थियो ।
सीधा कुरा डटकमले राजकुमार तिमल्सिनाले दिएको एक अडियो कुराकानीका आधारमा उक्त समाचार प्रकाशन गरेको थियो । सर्वोच्च अदालतले तिमल्सिनालाई ६ महिना कैद गर्न आदेश दिएको हो ।








प्रतिक्रिया