३१ जेष्ठ २०८३, आइतबार

विजयादशमीको शुभ साइत कति बजे ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । विजयादशमीको शुभ साइत सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको हो ।

नेपालमा विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

यस्तै, भारतमा अक्टोबर १२ मा ११ बजेर ४२ मिनेटमा, अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ मा १० बजेर एक मिनेटमा, अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ का दिन ११ बजेर २१ मिनेटमा, मेलबर्नमा ११ बजेर २७ मिनेटमा, बेलायतको लण्डनमा अक्टोबर १२ का दिन १० बजेर २१ मिनेटमा, कतारमा अक्टोबर १२ का दिन ११ बजेर पाँच मिनेटका लागि उत्तम साइत रहेको छ ।