
धादिङ, १३ असोज । धादिङको धुनीबेशी गाउँपालिकास्थित झ्याप्ले खोलामा हिजो गएको पहिरोमा परेर मृत्यु भएका थप २३ जनाको शव आज निकालिएको छ ।
पहिरोले बस र माइक्रोबस पुरेकोमा आज २३ जनाको शव निकालिएको हो । यसअघि हिजो १४ जनाको शव निकालिएको थियो ।
हालसम्म ३७ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।









प्रतिक्रिया