२१ जेष्ठ २०८३, बिहिबार

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट स्वदेश फिर्ता हुनु भएको छ ।

स्वदेश फिर्ता भएलत्तगै अर्थमन्त्री पौडेलले बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएकोमा दुस्ख व्यक्त गर्नुहुँदै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताउनु भएको हो ।

उहाँले अहिलेको परिस्थितिलाई सबै एकजुट भइ सामना गर्ने बताउँदै आ-आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गर्नुभयो । अहिलेको अवस्थालाई ध्यानमा राख्दै अर्थमन्त्री पौडेल एयरपोर्टबाट सिधै अर्थ मन्त्रालय पुगी छलफलमा जुट्नु भएको छ ।

अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीन जानु भएको थियो ।