११ असार २०८३, बिहिबार

उद्योगमन्त्री भण्डारीद्धारा नेपाल औषधी लिमिटेडको कार्यालय निरीक्षण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आइतबार नेपाल औषधी लिमिटेडको कार्यालय निरीक्षण गर्नुभएको छ ।

उद्योग सचिव कृष्ण बहादुर रावत सहित लिमिटेडको कार्यालय बबरमहल पुग्नुभएका मन्त्री भण्डारीले औषधीको उत्पादन तथा भण्डारण, औषधीको गुणस्तर निर्धारण, सरकारी र प्राइभेट क्षेत्रमा बिक्री वितरणको अवस्था तथा ल्याव संचालनको अवस्थाका बिषयमा जानकारी लिनुभएको हो ।

उहाँले लिमिटेडका अध्यक्ष र कर्मचारीहरुसंग सक्षिप्त अन्तरक्रिया समेत गर्नुभएको थियो । अन्तरक्रियाका क्रममा मन्त्री भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधी लिमिटेडलाई प्रयाप्त मात्रामा औषधी उत्पादन गरी विक्रिवितरण गरेर अपेक्षा अनुसारको राजश्व संकलन गर्न निर्देशन दिनुभयो ।

कम्पनी लिमिटेड संचालनमा रहेका नितिगत समस्या समाधानका लागि आफूले सहजीकरण गर्ने बताउँदै संरचनाको उचित प्रयोग गरी कम्पनीलाई नाफामा ल्याउन उहाँले आग्रह गर्नुभयो । लिमिटेडका तर्फबाट नीतिगत समस्याहरुको बिषयमा जानकारी गराइएको थियो ।

लिमिटेडका महाप्रवन्धक कैलाश पनेरुका अनुसार लिमिटेडलाई उद्योग मन्त्रालयका साथै स्वास्थ्य र अर्थ मन्त्रालयको समेत सहयोग आवश्यक रहेकाले यसको लागि समन्वय गरिदिन आग्रह गरिएको थियो ।

यस बिषयमा मन्त्री भण्डारीले सहजीकरणका लागि आफू तयार रहेको बताउनु भएको छ । लिमिटेडका सबै समस्याहरु व्यवस्थीत रुपमा लिएर मन्त्रालयमा आउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले नितिगत झण्झट हटाउने बिषयमा सरकार प्रतिवद्ध रहेको बताउँदै उत्पादन भएको औषधी विक्री बितरणका लागि प्रदेश सरकार र स्थानीयतहहरुसंग समेत समन्वय गरिने बताउनुभयो ।