२० असार २०८३, शनिबार

डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे प्रचण्ड र बस्नेतलाई स्पष्टीकरण सोध्न भट्टराईको माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का सचिव एवम् प्रतिनिधिसभा सांसद योगेश भट्टराईले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वउर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग स्पष्टीकरण सोध्न माग गर्नुभएको छ ।

आज सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा भट्टराईले तत्कालीन मन्त्रिपरिषद्का प्रमुख प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई स्पष्टीकरण सोध्न माग गर्नुभएको हो ।

तत्कालीन सरकारले १६ अर्ब रूपैयाँ छुट दिनेबारे निर्णय गरेको थियो ।

‘सार्वजनिक लेखा समितिको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरर मन्त्रिपरिषद्को निर्णय पनि एउटै चलानी नम्बरमा दुईवटा अलग अलग अर्थ लाग्ने निर्देशन तत्कालिन मन्त्रिपरिषद्ले दिएको छ, यस विषयमा तत्कालिन मन्त्रिपरिषद्का प्रमुख प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई स्पष्टीकरण सोधौँ,’उहाँले भन्नुभयो ।