
सुर्खेत, ८ भदौ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टी निर्माणमा जन संगठनको भूमिका महत्वपूर्ण हुने भएकोले जनसंगठन परिचालनमा पार्टीले विशेष ध्यान दिएको बताउनु भएको छ ।
नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्र, सुर्खेतको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले पार्टी का सबै जनसंगठनलाई परिचालन गरेर मिसन ८४ मा बहुमतसहितको पार्टी बनाउन अभियानमा लाग्न निर्देशन समेत दिनुभयो ।
जिल्ला जनसंगठन संयन्त्रका संयोजक शुसिला बिकको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा केन्दीय सदस्यहरू, नवराज रावत, मोहनमाया ढकाल, ठम्मर बिष्टलगायतले विभिन्न बिषयमा प्रशिक्षण दिनु भएको थियो ।








प्रतिक्रिया