
चितवन, ७ भदौ । चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डस्थित भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा गुडिरहेको बसमाथि ढुंगा खसेको छ ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खस्दा बस अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा कम्तीमा ११ जना घाइते भएका बताइएको छ ।
बस सडकमै पल्टिएपछि आवागमन अवरूद्व भएको छ ।









प्रतिक्रिया