
काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले अहिलेको सरकारलाई सही ढंगले अगाडि बढाउन सके मुलुकको हितमा अझै धेरै काम गर्न सक्ने बताउनुभएको छ ।
आज काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्थायी कमिटी सदस्य ढकालले काम नगर्ने, काम गर्नेहरूलाई जस नदिने प्रवृत्तिमा अगाडि बढ्न खोजियो भने त्यसले केही व्यक्तिलाई क्षणिक आननद त आउने तर मुलुकले आनन्द लिन नसक्ने बताउनु भएको हो ।
निजी क्षेत्रले ब्यहोरेका समस्याहरू के हुन् र व्यवहारिक रूपमा केही अप्ठ्यारा रहेका उल्लेख गर्नुहुँदै उहाँले अप्ठ्यारा फुकाउन सरकार सहयोगी बन्नुपर्ने धारणा राख्नुभयो । सरकारलाई सहयोग बनाउनका लागि जनवर्गीय संगठन, नागरिक समाज, पार्टी मात्रै नभइ निजी क्षेत्रले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अहिलेसम्म बनेका संविधान र कानूनहरू निजी क्षेत्रको विकासका निम्ती अवरोध बनेका भए वर्तमान सरकार मुलुकमा आएको उहाँले स्पमरण गराउनुभयो ।
संविधान वा कानून संशोधन गरेर, आवश्यक परेमा नयाँ कानून निर्माण गरेर भएपनि मुलुकको यो स्थितिलाई अझै गति दिने र नयाँ नेपाल, ‘समृद्व नेपाल, सुखी नेपाली’ बनाउने भन्ने आफूहरूको राष्ट्रिय आकांक्षाका निम्ती वाधक कुराहरूलाई हटाउनका लागि अहिलेको सरकार सही ढंगले अगाडि बढाउनु पर्ने ढकालले स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया