२४ कार्तिक २०८३, मंगलबार

घाँस काट्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, ३१ साउन । डोटीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । भीरबाट लडेर रुपा साउदको ज्यान गएको हो ।

दिपायल सिलगढी नगरपालिका-९ मसुन्तोलाकी-१७ वर्षीया साउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार निधन भएको हो ।

भीरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते भएकी साउदको उपचारका लागि जिल्ला अस्पताल डोटी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।