
काठमाडौं, ३१ साउन । भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पर्नुभएका बेचन झाको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । यस बहसपछि अदालतले उहाँलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने निर्णय गर्नेछ ।
मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा झा विरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा उहाँमाथि ठगी र संगठित अपराधको आरोप लगाइएको छ ।
अदालतमा दर्ता भएको अभियोगपत्रमा उल्लेख भएअनुसार झाले आफ्नो बयानमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई कुनै जानकारी नभएको दाबी गर्नुभएको छ । उहाँले सरकारी वकिलको उपस्थितिमा प्रहरीसमक्ष इन्कारी बयान दिनुभएको हो ।
अनुसन्धानको क्रममा अर्का आरोपी रामशरण केसीले झाको नाममा काटेको दुई करोड रुपैयाँको चेक प्रहरीले बरामद गरेको थियो । तर झाले यस विषयमा पनि आफूलाई थाहा थाहा नभएको बताउनुभएको छ ।








प्रतिक्रिया