
काठमाडौं, ३० साउन । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग बिदाई भेट गर्नुभएको छ ।
राजदूत भोल्कले अध्यक्ष प्रचण्डको निवास खुमटारमा भेट गर्नुभएको हो । भेटको अवसरमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा बधाई दिनुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
यसक्रममा अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।









प्रतिक्रिया