५ असार २०८३, शुक्रबार

उद्योगमन्त्री भण्डारीका सय दिन : १०१ कार्यप्रगति सार्वजनिक

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्री भएको एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गर्नुभएको छ ।

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले कार्यविवरण सार्वजनिक गर्नुभएको हो । मन्त्री भण्डारीले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्न १८३ वटा प्रस्ताव छनोट गरी सिफारिस गरिएको, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा बिजनेस इन्क्युबेसन सेन्टर स्थापना गरेको, समय र लागत घटाउने उद्देश्यले २०८१ वैशाखदेखि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने प्रणाली कार्यान्वयनमा ल्याई ७९ वटा नयाँ उद्योगका लागि करिब १० अर्ब प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरिएको दाबी गर्नुभएको छ ।

त्यस्तै, मन्त्री भण्डारीले नेपाली उद्योग/कम्पनीले विदेशस्थित कम्पनीलाई प्रविधि हस्तान्तरण गर्ने सम्बन्धमा कानुनी व्यवस्था भैई बेलायतमा रहेका २ वटा कम्पनीसँग भएको प्रविधि हस्तान्तरण सम्झौता स्वीकृत गरिएकोसमेत बताउनुभएको छ ।

उहाँले एक सय दिनको कार्यविवरणमा अध्ययन अनुसन्धान प्रतिवेदन तयारी, नीति तथा कानून निर्माण, बहुपक्षीय व्यापार तथा व्यापार सम्झौता, द्धिपक्षीय तथा क्षेत्रीय व्यापार, आपुर्ति तथा उपभोक्ता हित संरक्षण, औद्योगिक व्यापार तथा वातावरण, औद्योगित तथा लगानी प्रवर्धन र सेवा प्रवाह लगायत क्षेत्रगत रुपमा विभाजन गरेर एक सय एक बुँदामा कार्यविवरण सार्वजनिक गर्नुभएको छ ।

यसैगरी, उहाँले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएका उद्योगहरु सञ्चालनका विषयमा छलफल भइरहेको उल्लेख गर्नुभएको छ ।

‘हामी अहिले कुन अद्योगको अवस्था के छ ? त्यसले कति जना मानिसलाई रोजगारी दिन्छ ? लगायतका विषयमा छलफल गरिरहेका छौँ । यी विषयहरुमा प्रधानमन्त्रीज्यूबाट केही निर्देशनसमेत भएको छ । मूलतः हामीले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेका उद्योगहरुको गोरखकाली रबर उद्योग, बुटवल धागो उद्योग लगायतका उद्योगहरु पुनःसञ्चालन कसरि गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा कामहरु गरिरहेका छौँ ।’ उहाँको भनाइ थियो ।

उद्योगमन्त्री भण्डारीको सय दिनको कार्यप्रगति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्