मुगु । मुगुमा खत्याड खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको खत्याड गाउँपालिका–२ स्थित खत्याड खोलामा मंगलबार अपराह्न करिब ५:३० बजे नुहाउने क्रममा स्थानीय जयबहादुर बानियाँका पाँच वर्षीय छोरा रोजक बानियाँलाई खोलाले बगाएको हो ।
प्रहरीका अनुसार रोजक ३–४ जना साथीहरूसँग खोलामा नुहाउन गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटना बारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीकोट रोलबाट प्रहरी सहायक निरीक्षक नन्दबहादुर रावलको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
खोलाले बगाएका बालकलाई स्थानीयवासीले खोलाबाट बाहिर निकालेका थिए । घटनाको थप अनुसन्धान तथा आवश्यक प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको कमाण्डमा एसओसिओसहित सात जनाको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कायालय मुगुका डिएसपी रबिराज थपलियाले जानकारी दिएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया