
चितवन, २५ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोर्याउनु भएको छ ।
एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आउनु भएका ओलीले रामको जन्म चितवन भएको दोहोर्याउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो । शास्त्रले भनेको छ, मैले भनेको होइन। रामायणमा प्रशस्त प्रमाण भेटिन्छन् ।’
यसअघि ओलीले २०७औं भानु जयन्तीको अवसरमा २०७७ असार २९ मा विभिन्न किम्वदन्तीमा उल्लेख गर्दै रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको बताएपछि यसको चर्चा सवत्र भएको थियो ।
माडीमा मन्दिर बनाएर कोरोना महामारीका बीच ठूलो तामझामसहित काठमाडौंबाट मूर्ति चितवनसमेत ल्याइएको थियो ।








प्रतिक्रिया