
काठमाडौं, २५ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कान्तिपुर मिडिया ग्रुपका सीईओ सम्भव सिरोहियालाई सहकारी ठगीको समाचार लुकाउन आफूले कान्तिपुरलाई दबाव दिएको प्रमाण ल्याउन चुनौती दिनुभएको छ ।
आज संसदीय समितिबाट फर्किने क्रममा उहाँले पत्रकारले गरेको प्रश्नको जवाफ दिँदै प्रमाण ल्याउन चुनौती दिनु भएको हो । आफूले सिरोहियाको भिडिओ हेर्न नपाएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले भिडिओ हेरेको त छैन, अरुबाट सुनेको चाहिँ छु । त्यस्तो भन्ने मान्छेले प्रमाण पनि ल्याइदिनुहोला नि त ।’








प्रतिक्रिया