२७ जेष्ठ २०८३, बुधबार

एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत चयन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २५ जेठ । नेकपा (एमाले) रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत चयन हुनुभएको छ ।

१०औँ जिल्ला अधिवेशनबाट गैरे सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी तेजेन्द्र केसीले उम्मेदवारी फिर्ता लिएसँगै गैरे सर्वसम्मत हुनु भएको हो ।

यस्तै, उपाध्यक्षमा हितराज पन्थी र सचिवमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र उपसचिव महिलातर्फ सुनिता ठठेर पनि सर्वसम्मत चयन हुनुभएको हो ।