२५ असार २०८३, बिहिबार

बालेनप्रति अध्यक्ष ओलीको कटाक्ष- भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति कटाक्ष गर्नुभएको छ ।

आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष ओलीले मेयर बालेनले गिरीबन्धु टी-स्टेट प्रकरणमा अध्यक्ष ओलीलाई जोड्नु भैंसीलाई ढाडमा झिंगा बसेर लात हान्नु जस्तै भएको टिप्पणी गर्नुभएको हो ।

‘भैंसीलाई ढाडमा झिंगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन । झिंगा दंग परेको हुन्छ, चार लात हानें यसपल्ट भनेर ।’

अध्यक्ष ओलीले आफू अनावश्यक विवादमा पर्न नचाहेको बताउनुहुँदै राष्ट्रिय राजनीतिलाई परिपक्क, जिम्मेवार र सभ्य राजनीतिमा लैजानुपर्नेमा जोड दिनुभयो ।