१ असार २०८३, सोमबार

बालमन्दिर जग्गा प्रकरण : बाल संगठनका पूर्वउपाध्यक्ष श्रेष्ठ पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष पक्राउ पर्नु भएको छ ।

नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरेको हो।

नेपाल बाल संगठनलाई हानी नोक्सानी पु¥याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो। २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ।

नक्सालमा रहेको करिव २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो। जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा २० जनाविरूद्ध वैशाख २७ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसमध्ये श्रेष्ठलाई पक्राउ गरेको हो।