१२ असार २०८३, शुक्रबार

गृहमन्त्रीमाथि सम्भव सिरोहियाको गम्भीर आरोप- समाचार लुकाइदिन धेरै अनुरोध गर्नुभयो

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको समाचार लुकाइदिन आग्रह गरेको गम्भीर आरोप लगाउनु भएको छ ।

आज उहाँले भिडिओ जारी गर्नुहुँदै कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले आग्रह गर्नु भएको तर नमान्दा बुबा कैलाश सिरोहियालाई पक्राउ गरिएको आरोप लगाउनु भएको हो ।

‘यसपालि रास्वपाका रवि लामिछानेज्यू जो गृहमन्त्री छन्। उहाँको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि, मिलाइदिनका लागि। उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो सोच्नुभयो,’ उहाँले भन्नुभएको छ, ‘उहाँलाई कति अनुरोध गरियो। व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ। उहाँले त्यो बुझ्नुभएन। गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनुभयो। उहाँले आफ्नो शक्ति दुरुपयोग गर्दै झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश शिरोहियालाई पक्राउ गर्नुभयो ।’

उहाँले बुवा कैलाशले वंशजको नागरिकता पाएको विषयमा पनि कारण बताउनु भएको छ । ९ भाइ छोरामध्ये कैलाश कान्छो रहेको र उनका दाजुहरूले नागरिकता पाउँदा हजुरबुवाले नागरिकता नै नपाएको उहाँको भनाइ छ । पछि हजुरबुवाले नागरिकता लिएपछि बुवा कैलाशले बंशजको आधारमा नागरिकता प्राप्त गरेको सम्भवको जिकिर छ।

‘आज उहाँले लगाउनु भएको झूटो आरोपको सत्य बताउन चाहन्छु। कैलाश सिरोहिया, हामीजस्तै नेपालमा जन्मिएको, हुर्किएको नेपाली नागरिक हो। उहाँ जन्मदा उहाँको बुवा नेपाली नागरिक भएको भएर उमेर पुगेपछि हामीजस्तै उहाँले प्रमुख जिल्ला अधिकारीको कार्यालय गएर नागरिकता प्राप्त गर्नुभएको हो। भ्रमचाहिँ के फैलाइयो भने कैलाश सिरोहियाका दाइहरूले अर्कै क्याटेगोरी (किसिम) को नागरिकता पाएका छन्, उहाँले अर्कै क्याटेगोरीको पाउनुभयो। गृह मन्त्रालयको नियम गृहमन्त्री आफैँले बुझ्नुपर्ने हो। दाइहरू जन्मदा हजुरबुवाले नागरिकता प्राप्त गनुभएको थिएन। नौ जना मध्येका कान्छा छोरा कैलाश जन्मँदा हजुरबुवाले नेपाली नागरिता प्राप्त गरिसक्नुभएको थियो। यति सामन्य कुरालाई के(के न जस्तो हल्ला गरियो,’ उहाँले भन्नुभएको छ ।