२५ जेष्ठ २०८३, सोमबार

दुर्गा प्रसाईको बीएण्डसी कलेजलाई सम्बन्धन दिन सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बीएण्डसी अस्पताललाई सम्बन्धन दिन सर्वोच्च अदालतले परमादेश दिएको छ ।

न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले चिकित्सा शिक्षा आयोगले २०७६ साल चैत १२ गते उक्त कलेजलाई सम्बन्धन नदिने गरी गरेको निर्णय बदर गर्दै १५ दिनभित्र आवश्यक मापदण्ड पूरा गर्न लगाई सम्बन्धन दिन परमादेश दिएको हो।

चिकित्सा क्षेत्र सुधारका बहानामा वर्षौदेखि ठूलो धनराशी लगानी गरी सम्बन्धनका लागि लागेको संस्थालाई निषेध गर्न नहुने आदेशमा उल्लेख छ ।