१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन जानु हुने भएको छ । सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले उहाँको भारत भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री दाहालले आगामी शनिबारदेखि गर्ने भारतको दुई दिने भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीको गठबन्धनले बहुमत पाएको छ । भाजपा नेता मोदीले भारतको प्रधानमन्त्रीमा तेस्रो कार्यकालको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।

आइतबार साँझ हुने उक्त समारोहमा निम्ता मान्न प्रधानमन्त्री दाहाल जाने हुनुभएको हो ।