२३ जेष्ठ २०८३, शनिबार

११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । सरकारले ११ वटा देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली काँग्रेसको कोटाबाट राजदूत बन्नुभएका ११ जनालाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

जसअनुसार भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, शर्मिला पराजुली ढकाल स्पेन, राम राय डेनमार्क, अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी), नवराज सुवेदी साउदी, कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिर्ता बोलाइएको हो ।