
काठमाडौं, २४ जेठ । बलिउड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हान्नु भएको छ ।
कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गर्नु भएको छ । कंगनालाई थप्पड हान्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ । चुनाव जितेपछि कंगना रनौत बीजेपीको बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको उडानमा दिल्ली प्रस्थान गर्ने क्रममा यो घटना भएको हो ।
यो घटना बिहीबार दिउँसो भएको हो । कंगना एयरपोर्ट सेक्युरिटी चेकबाट निस्कँदै गर्दा महिला सिपाहीले थप्पड हान्नु भएको हो । यस विषयमा कंगनाले उजुरी पनि दर्ता गराउनु भएको छ । किसान आन्दोलनको विषयमा कंगनाले दिएको बयानका कारण सीआईएसएफ जवानले थप्पड हानेको रिपोर्टमा बताइएको छ । कंगनालाई थप्पड हानेकी कुलविन्दरलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
कंगनाले हालै सम्पन्न लोकसभा चुनाव हिमाचल प्रदेशको मण्डीबाट भाजपाको तर्फबाट चुनाव जित्नु भएको थियो ।








प्रतिक्रिया