२२ जेष्ठ २०८३, शुक्रबार

१४ किलो सुन तस्करी प्रकरणका सबै प्रतिवादीलाई थुनामा पठाउन आदेश

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । १४ किलो सुन तस्करी प्रकरणमा सबै प्रतिवादीलाई थुनामा पठाउन आदेश भएको छ ।

उच्च अदालत पाटनले सबै प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले लेकबहादुर तामाङ, रमेश देउला ,अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ,शेरबहादुर बस्नेत ,कृष्णकुमार श्रेष्ठ,मीनबहादुर घले र जीवन गुरुङलाई थुनामा पठाएको हो ।

जिल्ला अदालत काठमाडौँले यसअघि थुनामा पठाउन आदेश दिएपछि उनीहरू उच्च अदालत पुग्नु भएको थियो । उच्चले पनि जिल्ला अदालतकै आदेश सदर गरेको हो ।