
काठमाडौं, २४ जेठ । गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्को सामनाकालागि राजनीतिक दलहरुको साथ खोज्नु भएको छ ।
गृहमन्त्रालयमा बिहीबार राजनीतिक दलहरुसँगको छलफलमा उहाँले विपद्को समयमा अति जोखिममा पर्ने वस्तीलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नकालागि आवश्यक पहलतुरुन्तै गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अति जोखिम भएको स्थानमा बस्ने नागरिकहरुलाई स्थानान्तर गर्ने र त्यसको लागि सेल्टरहरुको आवश्यकता कहाँ लगेर सुरक्षित रुपमा राख्न सकिन्छ । त्यसको व्यवस्था तुरुन्त गर्नका लागिआजको बैठकले एउटा उपायदिएको छ । यसका लागि आवश्यक पहल आज नै गर्नेछु ।’
यसको साथै उहाँले विपद् पर्दा कुनै पनि बेलामा एक स्थानमा उभिन सक्ने एउटा टिम बनाउने भन्दै त्यसका लागि स्वंमसेवकका रुपमा राजनीतिक दलहरुबाट दुई तीनजना प्रतिनिधिको अपेक्षा गरेको जानकारी दिनुभयो ।
विपद्मा पूर्णरुपमा क्षति भएका, भत्किएका घर निर्माणका लागि बजेट व्यवस्थापन गर्ने र विपद्पश्चात जग्गा नै बाँकी नरहने व्यक्तिहरुलाई जग्गा किन्न अनुदान दिने विषयको कानूनी प्रावधान कार्यविधि पनि मन्त्रिपरिषद्सम्म पुगेको पनि उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया