
काठमाडौं, २२ जेठ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्माले आफ्नो अफिसियल फेसबुक पेजको कभर फोटो परिवर्तन गर्नुभएको छ ।
उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सामूहिक फोटोलाई आफ्नो फेसबुक पेजको कभर फोटो राख्नुभएको हो । कभर फोटो परिवर्तन गर्दै उहाँले भन्नुभएको छ, ‘यो हाम्रो टीम’ ।
यसअघि आजै बिहान अध्यक्ष ओलीले १० वर्षपछि आइसीसी टी-२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामना दिनुभएको थियो ।
‘नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन । आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी-२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ । शुभकामना टिम नेपाल !!’ अध्यक्ष ओलीले फेसबुकमा लेख्नुभएको छ ।
अध्यक्ष ओली खेलकुदप्रेमी हुनुहुन्छ । उहाँले नेपाली टोलीले खेल्ने हरेक खेलकुदका गतिविधिहरुलाई नजिकबाट हेर्दै आउनुको साथै खेलाडीहरुलाई हौसला प्रदान गर्दै आउनुभएको छ ।
यो पनि:
टी-२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई अध्यक्ष ओलीको शुभकामना








प्रतिक्रिया