
काठमाडौं, २२ जेठ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइसीसी टी-२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामना दिनुभएको छ ।
सामाजिक सञ्जालमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको तस्वीर राख्दै उहाँले आज नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन भएको उल्लेख गर्नुभएको छ ।
‘नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन । आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी-२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ । शुभकामना टिम नेपाल !!’ अध्यक्ष ओलीले फेसबुकमा लेख्नुभएको छ ।
सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप पछि नेपाली टोलीले आज दोस्रो पटक विश्वकप खेल्न लागेको हो ।
अमेरिकाको डालासस्थित ग्रान्डपेरी क्रिकेट मैदानमा हुने नेपाल र नेदरल्याण्डसबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।








प्रतिक्रिया