९ श्रावण २०८३, शनिबार

निःसन्तानपनबारे सचेतना फैलाउन र्‍याली

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३ जेठ । निःसन्तानपन र त्यसका कारण परिवार र समाजमा हुने घरेलु हिंसाबारे सचेतना फैलाउन चितवनमा र्‍याली निकालिएको छ । बुधबार अन्तर्राष्ट्रिय परिवार दिवसको सन्दर्भमा शिशु फर्टिलिटी क्लिनिक, भरतपुर नगरपालिका र जेसीआई नारायणगढले संयुक्तरुपमा सचेतनामूलक र्‍याली निकालेका हुन् ।

निःसन्तानपनका कारण समाजमा हुने घरेलु हिंसाको अन्त्य गर्न, निःसन्तानपन यात्रामा परिवारको सहयोगको महत्व तथा निःसन्तानपनको समाधानका उपायहरुका विषयमा सर्वसाधारणमा सचेतना फैलाउन र्‍यालीको आयोजना गरिएको शिशु फर्लिलिटीकी सिइओ सविना बजगाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा निःसन्तानपन एक बढ्दो चुनौतीको रुपमा देखिएको छ भने निःसन्तानपन भएका जोडीहरुलाई समाजले नकारात्मक दृष्टिकोणले हेर्दा अनेक समस्याहरु निम्तिएका छन् । जसकारण ती जोडीहरुको जीवनमा सामाजिक सम्मान र समर्थनको अभाव छ ।

‘यो असम्बद्धता र विभेदले उनीहरूलाई मानसिक र आत्मिक रूपमा पराजित गराउँछ । निःसन्तानपन नेपालमा दुब्र्यबहार र घरेलु हिंसाको कारण पनि बन्दै आएको छ ।’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा परिवारको साथ नपाउँदा, जीवन अधिक कठिन बन्छ । परिवारले बुझेर साथ दिएपछि पनि निकै मानसिक र भावनात्मक चुनौतीहरू कम हुन्छन् ।’

शिशु फर्लिलिटीले निःसन्तानपनका कारण हुने समस्याहरुको समाधानका लागि विभिन्न प्रयास गर्दै आएको छ ।

Skip This