३२ असार २०८३, बिहिबार

पार्टी विभाजनका विषयमा भण्डाफोर गर्न जसपा नेपालको परिपत्र

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजनका विषयमा तल्ला तहसम्म भण्डाफोर गर्न परिपत्र गरेको छ ।

केन्द्रीय समितिको बैठकपछि बुधबार परिपत्र गर्दै पार्टीले पार्टीभित्र कुनै सैद्धान्तिक, वैचारिक मतभेद नरहेको अवस्थामा अकास्मात् सत्ता र शक्तिका लागि गरिएको विभाजन धोखापूर्ण र अनैतिक भन्दै त्यसको भण्डाफोर गर्ने अभियान सञ्चालन गर्न भनेको हो । पार्टीले विभाजन गर्नेहरुको भण्डाफोर गर्न परिपत्र गरेको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

‘यो विभाजले पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशीजस्ता मुद्दालाई कमजोर बनाउने काम भएको छ । मधेसी, आदिवासी जनजाति, दलित, थारु, पिछडावर्ग, मुुस्लिम, अल्पसंख्यक, उत्पीडित जाति तथा राष्ट्रियताको मुक्तिको आन्दोलनलाई नै धरापमा पार्ने कार्य भएको समेत केन्द्रीय समिति बैठकको निष्कर्ष छ ।’ बस्नेतले भन्नुभयो, ‘कहिल्यै पनि सैद्धान्तिक, वैचारिक तथा अन्य विषयहरुमा समेत मतभेद नरहेको अवस्थामा अकस्मात पार्टी विभाजन गर्ने काम धोकापूर्ण छ । यसको भत्र्सना गरौँ भनेर परिपत्र गरेका छौँ ।’

बैठकले पार्टीलाई एकताबद्ध राख्दै आगामी एकताको राष्ट्रिय महाधिवेशनलाई सफल पार्न समेत आव्हान गरेको उहाँले बताउनुभयो ।