
धनगढी, २ जेठ । कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका छन् । लम्कीचुहा नगरपालिका–२ चौरीका खेमराज सुनारका ३ वर्षीय छोरा बखत सुनार नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका हुन् ।
जानकी गाउँपालिका–९ सुकुम्वासी टोलका राजु सुनारको घरको आगनमा खेल्नेक्रममा बालक बेपत्ता भएका थिए ।
खोजतलासको क्रममा बालकलाई नहरको इन्टेकमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।









प्रतिक्रिया